Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – नेपाली यू-१९ क्रिकेट टिमले भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो ।

१८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।

यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।  भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए ।

उनी कमलसिंह ऐरीको बलमा क्याच आउट भए । त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।  नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १र१ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा रहेको छ । भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बढेको छ । नेपाल हिजो भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया