Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

आज भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र बंगलादेशसँग डकवर्थ लुइस (डिएल) पद्दतिको आधारमा २ विकेटले पराजित भएको हो । कोलालाम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले ३९ ओभर ५ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा महमद नईम शेखले ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अफीफ हुसेन ध्रुबोले ३३ रन बनाउदा पिनाक घोषले २४ रन बनाए । महिदुल इस्लामले २३ रन जोडे । नेपालका सन्दिप लामिछाने र कमल सिंह ऐरीले समान २-२ विकेट लिए भने अनिल कुमार साह, दीपेन्द्र सिंह ऐरी र किशोर महतोले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४० ओभर १ बलमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । तर, नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएपछि डकवर्थ लुइस ९डिएल० पद्दतिको आधारमा बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पाएको थियो । दास्रो पटक खेल रोकिनुअघि बर्षाका कारण नै ढिला सुरु हुँदा खेल ४३ ओभरमा झारिएको थियो ।

तर, नेपाली टोलीको ब्याटिङमा सुधार हुँदा नेपालले सम्मान जनक स्कोर बनाउन सक्यो । बंगलादेशविरुद्ध नेपालका भिम सार्कीले ४४ तथा रोहित कुमार पौडेलले ४० रन बनाए । त्यस्तै आसिफ शेखले ३०, अनिल कुमार साह १९ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १२ रन जोडे । बंगलादेशका नईम हसनले ३ विकेट लिए ।

यो हारसँगै नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना समेत कमजोर बनेको छ । कठिन मानिएको समूह समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा आइतबार अर्को टेष्ट राष्ट्र भारतको सामना गर्ने छ । त्यस्तै नेपालले अन्तिम खेलमा मलेसियासँग कात्तिक २८ मा खेल्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह बी मा श्रीलंका, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।

तपाईको प्रतिक्रिया