Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसीसी अन्डर १९ एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो ।

इनिङको अन्त्यतिर फेरि वर्षा भएपछि खेल रोकिएको थियो । त्यस समय नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । डकवर्थ लेविस पद्धतिका अनुसार बंगलादेशले जितका लागि ४० ओभरमा १ सय ८१ रन जोड्नुपर्ने छ ।

ओपनर जितेन्द्र सिंहलाई सस्तैमा गुमाएको नेपालका लागि शीर्ष क्रमका ब्याट्सम्यानले बलियो साझेदारी दिन सकेनन् । मध्यक्रममा ब्याटिङ गर्न आएका रोहितकुमार पौडेल र भीम सार्कीले नेपालको इनिङ सम्हालेका थिए ।

उनीहरुले १३.२ ओभरमा ७९ रनको साझेदारी गरे । रोहितले ५४ बलमा ४० रन जोड्दा २ चौका र २ छक्का प्रहार गरे । भीमले ४० बलमा २ चौका र ३ छक्काको मद्दतले ४४ रनको आक्रामक पारी खेले ।

बंगलादेशका लागि स्पिनर नईम हसानले ३ विकेट लिएका थिए । हसन महमुद, ओनिक इस्लाम र अफिफ होस्सैनको नाममा पनि १र१ विकेट रह्यो ।

तपाईको प्रतिक्रिया