शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो-जापानको   रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस  मनी  ट्रान्सफर जापान र  कोरियन  कम्पनीको  संयुक्त लगानीमा  स्थापित  कम्पनी  जिमोनी ट्रान्सले  आजदेखि  आफ्नो  सेवा  शुरु गर्दैछ । दक्षिण कोरिया सरकारले  जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन  खुल्ला  गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै  कम्पनीहरुले आवेदन दिएकोमा  अनुमति  प्राप्त  गर्नेमा जिमोनी ट्रान्स एक  हो ।

कम्पनीको आन्सान शाखाबाट सेवा सञ्चालन गर्न लागेको  जिमोनी ट्रान्सले केही दिन मै मोबाइल एपबाट समेत  सेवा शुरु गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।  रेमिट्यान्स कम्पनीको अनलाइन सेवा लिन सेवाग्राहीलाइ सहज होस् भन्ने अभिप्रायका साथ जिमोनीले आफ्नो मोबाईल एप सेवा पूर्ण अनलाइन  रजिष्टर गर्न मिल्नेखालको  ल्याउन  लागेको हो । जिमोनीको  मोबाईल एप शुरु भैसकेपछि  सेवाग्राही कहि   घरबाट नै आफैले बसेर  दर्ता  गर्न  सक्नेछन् ।

कोरियाबाट पठाएको १० मिनेट मै नेपालमा रहेका आफन्तजनहरुले  नेपाल  भर रहेका   सिटी एक्सप्रेस मनी ट्रान्सफरका ५००० भन्दा धेरै भुक्तानी केन्द्रहरुबाट पैसा पाउन सक्नेछन् । साथै नेपालमा कुनै पनि बैंक खातामा पनि सजिलै रकम जम्मा गर्न मिल्नेछ । जिमोनीको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन । सरल , सुरक्षित , छिटो ,छरितो र सहज सेवाका साथ सञ्चालनमा आउन लागेको जिमनीको सेवा शुरु भैसकेपछि कोरिया र नेपालमा रेमिट्यान्सको नयाँ आयाम थपिनुका साथै हुण्डी कारोवार पनि उल्लेखित मात्रामा घट्ने अपेक्षा गरिएको छ।

सिटी  एक्सप्रेस  मनी  ट्रान्सफरले अमेरिका, जापान, यूएई ,भारत, साउदी अरब, कतार, मलेसिया, बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया