शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–जापानी महिलाको हत्याको आरोपमा पन्ध्र वर्ष जापानको जेल जीवन भोगेर अन्ततः निर्दोष सावित भई नेपाल फर्किएका गोविन्द मैनाली पुनः जापान आएका छन् । उनी नेपाल फर्केको पाँच वर्षपछि श्रीमतीसहित एक कार्यक्रममा भाग लिन जापान आएका हुन् । उनी टोकियोमा झुठा आरोप विरुद्धको अभियान अन्तर्गत आयोजित एक सभामा अतिथि वक्ताको रुपमा श्रीमती राधा मैनालीसहित विहीवार उपस्थित भएका थिए ।

उनले आफूमाथि भएको अन्यायको स्मरण गर्दै अझै पनि राम्रोसँग सुत्न नसक्ने लगायतका दैनिक जीवनका अनुभवहरु सुनाउँदै आफूलाई जस्तो अन्याय अरुलाई नपरोस भन्ने चाहेको बताए ।
मैनालीले आगामी दिनमा निर्दोष भएर पनि जापानको जेलमा बन्दी जीवन विताइरहेका विदेशीहरुको सहयोगको लागि एक कम्पनीको स्थापना गर्ने तयारी गरिरहेको र त्यस कार्यमा सहयोगको लागि सबैमा अपील गरेका छन् ।

उनलाई सन् १९९७ मा टोकियोको सिवुयास्थित एक अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी टोकियो इलेक्ट्रिक कम्पनीका महिला कर्मचारीको हत्याको आरोप लागेको थियो । ***

तपाईको प्रतिक्रिया