शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं  – सुनको भाउ बिहीबार पनि बढेको छ । गएको सोमबारदेखि नै उकालो लागेको सुनको भाउ बिहीबार पनि बढेको हो ।

सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार ३ सय रुपैयाँ बढेर तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार एक सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । अमेरिकाले उत्तर कोरियालाई थप प्रतिबन्ध लगाउने अनुमानमा सुनको भाउ बढेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया