Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  नवलपरासीमा जारी दोस्रो राइनो गोल्डकप फुटबलको उपाधिका लागि आज संकटा क्लब र विभागीय एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । उपाधी भिडन्त कोल्हुवास्थित स्थानीय खेल मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ ।

पहिलो सेमिफाईनलमा संकटाले ब्वाईज युनियनलाई २–० ले हराउँदै उपाधी यात्रा तय गरेको हो । एपिएफले भने दोस्रो सेमिफाईनलमा कास्की ११ लाई ३–० ले हराउँदै संकटासँगको भेट पक्का गरेको थियो ।  यो सिजन एपीएफ र संकटाबीच हुन लागेको यो पहिलो भिडन्त हो ।

गत सिजन भएको ६ भेटमध्ये संकटा तीन खेलमा विजयी भएको थियो । एपीएफ दुई खेलमा विजयी हुँदा १ खेल बराबरीमा सकिएको थियो ।  प्रतियोगिताको विजेताले ५ लाख २५ हजार ५ सय ५५ रुपैयाँ जित्नुका साथै एक दिनको होमस्टे बसाईसँगै चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्नेछ ।

उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया