शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – एनआरएन जापानले पाँचजना सदस्य मनोनित गरी कार्यसमितिलाई पूर्णता दिएको छ । हालै बसेको कार्यसमितिको बैठकले बुद्धि गौचन, सचिन श्रेष्ठ, मेख वाईवा लामा, दिपक कँडेल र संगिता अधिकारीलाई मनोनित गरी समितिलाई पूर्णता दिईएको हो ।

मनोनित सदस्यहरुलाई आउँदो आइतवार सपथग्रहण गराईने कार्यक्रम छ भने सोही दिन एनआरएन आइसीसीमा जापानबाट निर्वाचित अध्यक्षसहित पदाधिकारीहरुलाई एक समारोहकाबीच बधाई ज्ञापन तथा सम्मान गरिने भएको छ ।

बैठकले अघिल्लो महिना काठमाडौंमा सम्पन्न एनआरएनए आइसीसीको आठौं ग्लोबल सम्मेलनबाट भवन भट्टको नेतृत्वमा नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेको छ भने सफल कार्यकाल सम्पन्न गरेकोमा निबर्तमान अध्यक्ष शेष घलेको टिमलाई धन्यवाद प्रस्ताव पारित गरिएको महासचिव बुद्धि घिमिरेले बताए ।

यसैगरी एनआरएन जापानले वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीलाई नेपाल फेस्टिवल – २०१८ को संयोजकको जिम्मेवारी तोकेको छ भने हिमालय नाईट (ल्होसार) कार्यक्रमका लागि अर्का उपाध्यक्ष सरोजकुमार खत्रीलाई संयोजकको जिम्मेवारी दिईएको छ । एनआरएन जापानको भावी नीति तथा योजना तयार गर्न भने महासचिव बुद्धिराज घिमिरेलाई जिम्मेवारी दिईएको छ ।***

 

तपाईको प्रतिक्रिया