शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली देशहरुको भ्रमणका क्रममा उत्तर कोरियाको परमाणु हतियारको महत्वाकांक्षा प्रमुख मुद्दा बनेको छ । ट्रम्पले उत्तर कोरियाली परमाणु कार्यक्रम विश्वकै लागि चुनौती भएकाले उसले आणविक हतियारविहीन बन्नु पर्नेमा जोड दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती हो र यसले कुनै एक देश विशेषलाई मात्र हानी गर्छ भन्ने होइन ,यो विश्वको सभ्यताको लागि र विश्व शान्तिका लागि पनि चुनौती भएको वताए । उत्तर कोरियाको आणविक कार्यक्रमले विश्वमा त्रास र अस्थिरता मात्र बढाएको उनकोे भनाई थियो ।
“उत्तर कोरियाले आफ्नो लागि मात्रै होइन, मानव जाति र संसारकै लागै सही काम गर्नै पर्छ ।” ट्रम्पले भने- उत्तर कोरियाले “वार्ताको टेबल” बाट निकासका लागि पहल गर्न उचित हुन्छ । एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको ठूलो सैनिक उपस्थिति छ । तर ट्रम्पले ईश्वरको नाम लिंदै भने, “त्यो सैनिक शक्ति उत्तर कोरियाविरुद्ध खटाउन नपरोस् ।” पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकाश हुँदै परीक्षण गरेको थियो ।
निष्पक्ष, स्वतन्त्र र पारस्परिक आर्थिक सम्बन्ध स्थापित गर्ने बिचार व्यक्त गरेका ट्रम्पले जापानको बजारमा आफ्नो निर्यातको लागि समान र विश्वसनीय पहुँच बनाउने इच्छा समेत व्यक्त गरे । ट्रम्पको भनाइ थियो, नजिकको आर्थिक सम्बन्ध स्थापनाको प्रयास गरेपछि नयाँ र आकर्षक अवसर आउने र यसले दुवै देशको सम्वृद्धि बढ्ने छ । राष्ट्रपति ट्रम्पले अमेरिका जापानसंग आफ्नो आर्थिक सम्बन्धमा सुधार गर्न प्रतिबद्धता समेत भएको पनि जनाएका छन् ।
ट्रम्पले दृढतापूर्वक व्यापारिक साझेदारको रुपमा जापानसँग कार्य गर्ने र व्यापार घाटालाई न्यूनिकरण गर्नेमा आश्वस्त पार्ने प्रयास गरेका छन् । उनले अमेरिका ‘ निष्पक्ष र खुला बजार’ नीति अन्र्तगत कार्य गर्न इच्छुक रहेको बताएका छन् । शिखर वार्तापछि ट्रम्पले जापानसँगको व्यापार घाटा कम गर्न हातहतियार खरिदलाई ध्यान दिन जरुरी रहेको प्रतिक्रिया दिए । जापानी सुरक्षा योजनाकारहरुले परमाणु प्रतिरक्षा प्रणालीको लागि अमेरिकासंग पहुचँको स्वागत गरेका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो आबे र राष्ट्रपति ट्रम्पका बिचमा यो पाँचौ पटकको संवाद हो । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको १० औं महिनामा पहिलो पटक एसियाली मुलुकको भ्रमणमा निस्केका हुन् । आबेले ट्रम्पको भ्रमणलाई ऐतिहासिक र नीतिगत सम्बन्ध विस्तारका लागि दुई देशका नेताको संवाद महत्वपूर्ण भएको टिप्पणी गरेका छन् । आबे र उनको टिमले अमेरिकाको राजनैनिक परिवर्तनपछि सम्बन्ध सुधारका लागि निकै मेहनतपछि सम्बन्धमा सुधार आएको बताएका छन् । दुई देशका बिचमा नीतिगत सम्बन्ध सुधारका लागि वास्तवमा प्योंङयाङको आणविक परिक्षणले अमेरिका दबाबमा परेको विश्लेषकहरुको भनाई छ ।
राष्ट्रपति ट्रम्प हवाई मार्गबाट प्रथम महिला मेलानिया ट्रम्पसहित जापान आएका थिए । जापानबाट आफ्नो १२ दिने लामो एसिया भ्रमणमा निस्केका ट्रम्पले आइतबार जापानी प्रधानमन्त्री सिन्जो आबे र व्यवसायिक गल्फ खेलाडी हिडेकी माट्सुयामासँग कासुमागासेकी कन्ट्री क्लबमा गल्फ समेत खेलेका थिए ।
ट्रम्पले जापानी सम्राट आकिहितो र मिचिकोलाई पनि भेट गरेका छन् । त्यसैगरि १९७० र ८० को दशकमा उत्तरी कोरियालीहरुद्धारा अपहरित जापानी नागरिकको परिवारलाई पनि भेटेका छन् ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकाश हुदै परीक्षण गरेको थियो । यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया