शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–जापानको मन्त्रीपरिपषद्ले प्योङयाङमाथिको दबाबलाई अझ कडा बनाउने उदेश्यले उत्तर कोरियाका ८४ वटा संस्था र १०८ व्यक्तिको सम्पत्तिको लेनदेन तथा कारोबारमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे बिचको शिखर वार्तामा भएको उत्तर कोरिया माथिको दबाबलाई कडा बनाउने सहमतिको कार्यान्वयन कै क्रममा सम्पत्तिको लेनदेन तथा कारोबारमा प्रतिबन्ध लगाएको छ । जापान सरकारको यस निर्णयलाई ट्रम्पले साराहना गरेका छन् ।
प्रतिबन्ध लगाइएको संस्थाहरुमा उत्तर कोरियाली बैंकहरुको प्रतिनीधि र चिन, रुस, लिबिया संयुक्त अरब इमिरेडस स्थित बैंकहरु लगाएत रहेका छन् ।
यसैबिच जापानको समुन्द्रमा अमेरिकी, भारतीय र जापानका समुद्री आत्मरक्षा सेनाहरुले संयुक्त नौसेना अभ्यास गरेका छन् ।
आत्मरक्षा सेनाहरुका अनुसार चार दिने सो अभ्यासमा जापानका विध्वांसक इनाजुमा, अमेरिका युद्धपोत रोनाल्ड रिगान सहित पाँच वटा जहाजहरु समावेश गरिएको थियो ।
अमेरिकी रोनाल्ड रिगान उत्तर कोरियाको संभावित उत्तेजनात्मक कार्यपछि कोरियाको नजिकै जापानी समुद्रमा गस्ती गरिरहेको छ ।
समुद्री आत्मबलका प्रमुख युटाका मुराकावाले यो अभ्यास विषेश देशहरुलाई ध्यानमा राखेर गरिएको साथै तीन देशबिचको आपसी समन्वय र सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया