शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–हाईस्कुल पढ्ने छात्रालाई पैसा दिएर होटलमा लगि याैन दुराचार गरेको आरोपमा दुई नेपाली युवालाई जापान प्रहरीले पक्राउ गरेको छ ।
सिजुओका प्रान्तको सिजुओका शहर, आओई वार्डमा कार्यरत दुई नेपाली घटना भएको एक वर्षपछि हाल पक्राउ परेका हुन् ।

सामाजिक संजालमा चिनजान भएका हाईस्कुल तेस्रो वर्षमा अध्यायनरत छात्रालाई १५ हजार येन दिएर होटलमा लगि उक्त कार्य गरेको बुझिएको छ । पक्राउ परेका दुई युवामध्ये एकले उक्त कार्य गरेको स्वीकार गरेका छन् भने अर्काले हाईस्कुल पढ्ने छात्रा भन्ने कुरा थाहा भएको तर उमेर थाहा नभएको बताएका छन् ।

ती दुई युवाले उक्त छात्रालाई २०१६ सालको मे महिनाको ८ तारिक अपरान्ह ५ बजेतिर होटलमा लगि सो कार्य गरेको बुझिएको छ ।
बेलुकी ८ बजेतिर युवती घर फर्कंदै गर्दा बाटो नचिनेर पुलिसकहाँ गई घर फर्कने बाटो सोध्ने क्रममा सोधपुछ गर्दैजाँदा घटनाको पर्दाफास भएको समाचार जापानी संचार माध्यमहरुले प्रकाशित गरेका छन् ।
छात्राले प्रहरी सामु–‘चिनजानको व्यक्ति भेटन आएको, घर फर्कने बाटो थाहा भएन’ भनेर भनेकी थिइन । सोधखोजकै क्रममा छात्राले घटनाको वारेमा प्रहरीलाई बताएपछि प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको देखिन्छ ।

घटना भएको एक वर्ष बढी समय पश्चात हाल युवाहरु पक्राउ परेका हुन ।***

तपाईको प्रतिक्रिया