शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो -अर्घाखाँची समाज जापानको दोश्रो अधिवेशन नोभेम्बर १६ मा हुने भएको छ । अर्घाखाँचीबाट जापान आएर जापानलाई आफ्नो कर्म थलो बनाएका सम्पूर्ण अर्घाखाँचेलीहरूलाई एउटै संस्था भित्र संगठित गर्ने उद्देश्य सहित गठित समाजले आफ्नो पहिलो कार्यकाल सम्पन्न गरीदोस्रो कार्यकालका लागि अधिवेशन गर्न लागेको हो ।

नोभेम्बर १६ मा टोकियो स्थित डबका नेपाली रेष्टुरेन्टमा हुने सम्मेलनमा सम्पूर्ण अर्घाखाँचीबासीलाई उपस्थितको निम्ति आग्रह गरेको छ । सम्मेलनलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नको निम्ति विभिन्न उप-समितिहरू गठन गरिएको र सदस्यता नवीकरणलाई तिब्र दिइएको  समाजका अध्यक्ष ज्योतिस घर्ती मगरले जानकारी दिनुभयो । आधिबेशनले संस्थाको २ वर्षको समीक्षा गर्नुका साथै आगामी २ वर्षको लागि नयाँ कार्यसमितिको चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया