Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले ओलम्पिक गेम्समा चारपटकसम्म रजत पदक जितेका नामिबियाका फ्र्यांकी फ्रेड्रिक्सलाई निलम्बित गरेको छ । मनी लण्ड्रिङ तथा भ्रष्टाचार आरोपमा आइओसीले फ्रेड्रिक्सलाई आइओसीको सदस्य नरहने गरी निलम्बित गरेको हो ।

 

उनलाई गएको जुलाईमा इन्टरनेशनल एशोसिएसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएएफ) बाट पनि निलम्बित गरिएको थियो । नामिबियाका पूर्व धावक फ्रेड्रिक्स आइओसीको महत्वपूर्ण सदस्यको जिम्मेवारीमा रहेका थिए ।

उनको व्यहारले आफूहरुको विश्वसनीयतामा असर पर्ने भन्दै आइओसीले उनलाई निलम्बित गरेको हो । उनीमाथि सन् २०१६ को ओलम्पिक आयोजनाको जिम्मा रियोलाई दिँदा दुई लाख ९९ हजार तीन सय अमेरिकी डलर रकम लिएको आरोप छ ।

उनले सन् १९९२ को बार्सिलोना ओलम्पिक र सन् १९९६ को एटलान्टा ओलम्पिकमा एक सय र दुई मिटर दौडमा रजत पदक जितेका थिए । यस्तै उनी दुई सय मिटरमा सन् १९९३ को विश्वच्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएको थिए ।

 

तपाईको प्रतिक्रिया