शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं –  युरोपियन युनियनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षण सुरु गरेको छ ।

युरोपेली संसदमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद, प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले पर्यवेक्षण मिसनको शुभारम्भ गरिन् ।  ‘इयु निर्वाचन पर्यवेक्षण मिसन नेपालको नेतृत्व गर्ने अवसर पाउनु ठूलो सौभाग्य हो’, उनले भनिन् ‘मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको एउटा महत्वपूर्ण चरणकारुमा रहेको छ र हाम्रो उपस्थितिले समावेशी र पारदर्शी निर्वाचन प्रक्रियामा योगदान गर्नेछ भन्ने आशा छ ।’

निर्वाचन प्रक्रियाका सम्पूर्ण पक्षहरुको पर्यवेक्षणका साथै नेपालको कानुन र नेपाल हस्ताक्षरकर्ता रहेका लोकतान्त्रिक निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिवद्धतालाई निर्वाचनले कति पालना गरेको छ भनेर मूल्याङकन गर्नु इयु इओएमको कार्यादेश रहेको उनले बताइन् । ६३ जिल्लामा इयुले गर्ने पर्यवेक्षण मिसनका लागि ४२ करोड १२ लाख ६० हजार (३.५ मिलियन युरो) खर्च हुने जानकारी जोभ्कोले दिइन् ।

कार्तिक ८ गते नेपाल आएको निर्वाचन विश्लेषकहरुको १० जनाको मुख्य टोलीका साथै नेपालभर निर्वाचन सम्बन्धी तयारी एवं प्रचारप्रसारको पर्यवेक्षण गर्न ३८ जना पर्यवेक्षक मिसनमा छन् ।

तपाईको प्रतिक्रिया