Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – मलेसियामा नोभेम्बर ११ देखि २० सम्म सञ्चालन हुने एसीसी एसिया कप क्रिकेट खेल्न नेपाली किशोर टोली आज आयोजना स्थल प्रस्थान गर्दैछ । साताव्यापी अभ्यास खेलेर बंगलादेशबाट हिजो काठमाण्डौ आएको टोली आज क्वालालाम्पुर जान लागेको हो ।

१५ खेलाडी र ५ अफिसियल सहितको टोली राती ११ बजेर ५५ मिनेटमा काठमाण्डौबाट मलेसियाका लागि जाने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयो । ८ राष्ट्र सहभागी प्रतियोगिताको समुह एमा रहेको नेपालले शनिबार बंगलादेशसंग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

दोस्रो खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्ने नेपालले समुह चरणको अन्तिम खेलमा आगामी मंगलबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । समुहका शीर्ष २ टोली प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया