शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेले संयुक्त रुपमा उत्तर कोरियामाथि दबाब बढाउन सहमती जनाउदै त्यसका लागि चिनको महत्वपूर्ण भूमिका रहने भएकाले सहयोगका लागि आग्रह गरेका छन् ।
ट्रम्प र आबेको शिखर वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उत्तर कोरियाले आफ्नो मिसाइल परमाणु विकास कार्यक्रमका लागि गरेका हरकत दबाउनका लागि चिन सहितको सहभागितामा संयुक्त पहल गरिने बताएका छन् ।
जापानी प्रधानमन्त्री आबेले उत्तर कारियाद्धारा बढाइएको तनावका बिचमा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाको भ्रमण गर्नु ऐतिहासिक भएको र जापान–अमेरिकाको गठबन्धन पुरै विश्वका अगाडी सक्षम देखाउने बताए ।
आबेले भने– दुवै देशले उत्तर कोरियाको ताजा परिस्थितिको आकलन गर्दै त्यसपछि उन्पन्न हुने अवस्थाका लागि संयुक्त प्रयास गर्न पूर्णरुपमा सहमत रह्यौं ।
आबेले अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली समस्या समाधानका लागि सबै विकल्पहरु खुल्ला राखी समर्थन गर्ने र अमेरिकाको लागि जस्तोसुकै समर्थन गर्न जापान तयार रहेको स्पष्ट पारे ।
आबेले कोही पनि युद्धको पक्षमा छैनौ तर उत्तर कोरियाले अन्तराष्ट्रिय आग्रहलाई बेवास्ता गर्दै आक्रामक कार्य जारी राखेकोले त्यसप्रकारका कार्य बन्द गर्न प्योंङयाङलाई आग्रह गरेको बताए । उनले प्योङ्याङलाई वार्ता गरेर समस्याको समाधान खोज्न र आफ्नो नीतिमा परिवर्तन नल्याए गम्भिर परिस्थितिको सामना गर्नुपर्ने बताए ।
मंगलबारदेखि ३५ उत्तर कोरियाली संस्था र व्यक्तिको सम्पत्ति लेनदेनमा प्रतिबन्ध लगाउने घोषणा गर्दै आबेले आफ्नो देशले यस प्रतिबन्धलाई कडाईका साथ पालना गर्ने बताए ।
आबेले व्यापारका सम्बन्धमा जापान र अमेरिकाले निरन्तर रुपमा वार्ता जारी राख्दै ट्रम्पको भ्रमणका क्रममा दुई देशको मात्र नभई सम्पूर्ण एसिया क्षेत्र कै व्यापारका लागि उच्चस्तरको नियम बनाउन अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया