Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  बालुवाटरको न्युटन हाईस्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको छ। सोमवार भएको फाइनल खेलमा न्युटनले नुवाकोटको बुङताङ भलिबल टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक भएको यू–१८ प्रतियोगिताको च्याम्पियन बनेको हो।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा फाइनलमा न्युटनले बुङताङ भलिबल टिमलाई २५–२०, २५–१७, २५–१७ को सेटमा पराजित गर्‍यो। जितसँगै उपाधि विजेता न्युटनले नगद एक लाखसहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ। उपविजेता बुङताङले नगद ६० हजारसहित ट्रफी प्राप्त गर्‍यो।

थ्रीस्टार एकेडेमी काठमाडौं र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले संयुक्त रुपमा तेस्रो घोषित भए। दुवै टोलीले नगद ३५ हजार हात पारे।प्रतियोगिताको उत्कृष्ट खेलाडी न्युटन स्कुलका अजय सुनार घोषित भए। उनले नगद ५ हजार प्राप्त गरे।

यसैगरी विधागत उत्कृष्टतर्फ बुङताङका आसिस मगर उत्कृष्ट स्पाइकर, न्युटनका छामकुमार कुँवर उत्कृष्ट सेटर, न्युटनकै हरि घर्तीमगर उत्कृष्ट ब्लकर, न्युटनकै ओमप्रसाद घिमिरे उत्कृष्ट सर्भर र बुङताङका जहिल तामाङ बेस्ट डिफेन्डर चुनिए। उत्कृष्ट सबैले नगद ३ हजार पाए।

विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, सचिव जगदिश भट्ट, आयोजक नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीलगायतले पुरस्कार प्रदान गरे।

नेपाल बिद्यालय भलिबल कमिसनको आयोजनामा संचालन भएको प्रतियोगितामा महिलातर्फ १६ र पुरुषतर्फ २३ टोलीको सहभागिता रहेको थियो। महिलातर्फ नैकापको न्यूडायमण्ड एकेडेमी च्याम्पियन बन्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २४ महिला र २४ पुरुष छनोट गरी यू–१८ को राष्ट्रिय टोली निर्माण गरिने आयोजकले जनाएको छ। नेपाली टोलीले आगामी चैतमा माल्दिभ्समा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनेछ।

तपाईको प्रतिक्रिया