शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–जापानको गुम्बाकेन प्रान्तको प्रहरीले महिलालाई लगातार फोन गरेको आरोपमा ७० वर्षिय वृद्धलाई पक्राउ गरेको छ ।

४४ वर्षिय महिलालाई तीन दिनमा ६१ पटकभन्दा बढि मोबाइलमा फोन गरेर ती महिलालाई बोलाएको, महिलामाथि हिंसा गरि कानुनको उलङ्घन गरेको आरोपमा ती वृद्धलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार मासामी इवासाकी नाम गरेका ती वृद्दले  बारमा काम गर्ने ती महिलालाई अक्टोबर ३० को दिउँसोदेखि नाभेम्बर २ को  बिहानसम्म पटकपटक फोन गरेको जनाएको छ ।

चारवर्ष अघि ती महिलाले काम गर्ने बारमा नै भेटेका इवासाकीले पटक पटक फोन गर्ने र महिलामाथि हिंसात्मक कार्य गरेको पाइएर लिखित चेतावनी दिएपछि महिलालाई एक्लै छाडिएको प्रहरीले जानकारी दिएको छ ।

इवासाकीले आफूले ती महिलालाई निकै सम्झिने कारणले गर्दा नै फोन गरिरहने बताएका छन् ।

तपाईको प्रतिक्रिया