शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाका पाँच राष्ट्रको १२ दिने भ्रमणका लागि आज जापानको राजधानी टोकियो आइपुगेका छन् । जापानी प्रधानमन्त्री  सिन्जो आबेले राष्ट्रपति ट्रम्पको आगमनको स्वागत गरेका छन्। राष्ट्रपति ट्रम्पको स्वागत  गर्दै आबेले भनेका छन –  ’यो ऐतिहासिक भ्रमणका लागि जापान हार्दिक स्वागत गर्दछ ।’ उनले भने – ‘राष्ट्रपति ट्रम्पलाई आफ्नो व्यक्तिगत र विश्वसनीय मित्रका रुपमा स्वागत गर्न पाउदा खुशी लागेको छ,  उत्तर कोरिया सहित विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्न उपयुक्त्त समय आएको छ ।’

राष्ट्रपति  ट्रम्प र आबे आइतबार नै गल्फ खेल्नेछन् र दुई शीर्ष नेताहरुले पत्नीहरुका साथमा बेलुकाको खाना खानेछन् ।

सोमबार ट्रम्पले जापानी सम्राट आकिहितो र मिचिकोलाई भेट गर्नेछन् । सोमबार नै आबे र ट्रम्पका बिचमा शिखर वार्ता हुनेछ । त्यसैगरि १९७० र ८० को दशकमा उत्तर कोरियालीहरुद्वारा अपहरित जापानी नागरिकको परिवारलाई पनि भेट्ने कार्यक्रम तय गरिएको छ । उक्त भेटमा अपहरणमुक्त एकजनालाई समेत समावेश गरिने छ ।

ट्रम्प र आबेले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्नेछन् । उनीहरुको वार्तामा उत्तर कोरियाको परमाणु र मिसाइल खतराका बारेमा विषेश छलफल गरिने अपेक्षा गरिएको छ । उनीहरुले चिन र अन्य देशहरुलाई संयुक्त रुपमा प्योंङयाङमाथि दबाब बढाउन आग्रह गरिने बताइएको छ ।

शिर्ष नेताहरुको शिखर बैठकमा दुई देशबिचको आर्थिक पाटोलाई पनि मुख्य केन्द्रमा राखेर उर्जा क्षेत्रमा सहयोग आदानप्रदानलाई मजबुत बनाउने, विदेशी पूर्वाधार परियोजनाहरुमा थप सहयोगका बारेमा छलफल गरिने एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ । ट्रम्प प्रशासनले जापानसँग अमेरिकी व्यापार घाटाका बारेमा चिन्ता व्यक्त गर्दै आइरहेको छ ।

जापानी अधिकारीहरुद्वारा ट्रम्पले द्विपक्षीय व्यापार सम्झौताका बारेमा समझदारी गर्ने, स्वतन्त्र व्यापार सम्झौतामा जोड दिदै बहुदेशिय व्यापार TPP लाई प्राथमिकतामा राख्न ध्यान दिने कुरामा विश्वास लिएका छन् । ***

तपाईको प्रतिक्रिया