शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – जापानसहित अष्ट्रेलिया, नेपाल, श्रीलंकाबाट आफ्ना व्यवसायिक गतिविधि सञ्चालन गर्दै आईरहेको मिराइ ग्रुपले अब जापानबाट अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीहरुको सहजीकरणका लागि परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

जसअनुसार यही नोवेम्बर ९ र १० तारिखका दिन पहिलोपटक टोकियो शिन-ओकुबोस्थित मिराइ कम्पनीको कार्यालयमा निःशुल्क परामर्श सेवा उपलब्ध गराईने भएको छ ।

उक्त कार्यक्रमका लागि अष्ट्रेलियाबाट मिराई कम्पनी अष्ट्रेलिया शाखाका एजुकेशन काउन्सुलर रेशम सिग्देल (QEAC N. M225) जापान आउने कार्यक्रम छ ।

काउन्सुलर सिग्देलद्वारा गराईने उक्त निःशुल्क परामर्श सेवा ९ तारिख बिहीबार अपरान्ह १ बजेबाट ८ बजेसम्म र १० तारिख शुक्रबार विहान ९ बजेबाट अपरान्ह २ बजेसम्म हुने मिराई ग्रुप जापानका प्रमुख संजिब पोखरेलले जानकारी दिनुभयो ।

परामर्शमा सहभागी हुनका लागि फोन तथा इमेल मार्फत अग्रिम जानकारी गराउन अपील गरिएको छ । विद्यार्थी भिषामा अष्ट्रेलिया जानका लागि आवश्यक पर्ने IELTS का कक्षाहरु पनि धमाधम सञ्चालन भईरहेको पोखरेलले बताउनुभयो ।

जापानबाट अष्ट्रेलिया अध्ययन गर्न जान चाहने योग्य विद्यार्थीहरुले मिराई ग्रुपमा सम्पर्क गरी थप जानकारी लिन सकिने बताईएको छ । ***

तपाईको प्रतिक्रिया