मान्छे एक चेतनशील प्राणी हो यो सर्वविदितै कुरा भयो तर पछिल्लो समय मान्छे राजनैतिक प्राणीको रुपमा पनि विकशित हुँदै छ । संसारका जे जति ठुला ठुला बिकासका योजना वा युद्ध क्रान्ति उथलपुथल भएको छ । त्यो सबै कुरा राजनीति र राजनीतिज्ञको अथाह प्रयासबाट भएको हो भन्दा अन्यथा पक्कै हुने छैन हुन त म राजनीतिको बारेमा त्यती धेरै मनन चिन्तन गर्दिन किनकी मेरो पाटो राजनीति थिएन र होइन पनि । पछिल्लो समय हामी नेपाली समुदाय चाहे त्यो बिदेशमा बस्ने होस् या स्वदेशमा बस्ने सबैतिर राजनीति खुबै फस्टाएको छ अरुमा भन्दा राजनीतिमा आफुले आफुलाई खुब अब्बल भन्ठान्छौ । स्वदेशमा रहने समुदाय राजनीति बाट हिजो पनि अछुतो थिएन आज पनि छैन र भोली पनि हुने छैन तर बिदेशमा रहने हामी नेपाली समुदाय खै आफु नै उमेद्वार भए जै गरिरएको देख्दा कठै भन्न मन लाग्छ ।
अझ जापानमा गर्ने राजनीति दिन दुई गुदा रात चौगुणा कै रुपमा बढीरएको छ भन्दा अन्यथा हुने छैन , मानौ कि काम गर्ने नेपाली रेस्टुराँको मालिक र कामदार दुई फरक फरक पार्टीका हुँदा त झनै काम नै धरापमा पर्ला झै लाग्छ । फेसबुके राजनीतिले संसारका कुना कुनामा रहेका प्रवासी नेपालीलाई छोएको छ यतिबेला खै यसरी गरिने राजनीतिबाट कस्तो संस्कृतिको बिकास गर्न खोजिरहेका छौ बुझ्न नसकेको कुरा भएको छ । बिश्वको चरम बिकास देखिरहेका हामी प्रवासी नेपालीहरुले स्वदेशमा त्यो बिकासको घेरा कोर्न सक्नु पर्ने थियो तर हामीलाई अर्काको रिस डाह गर्दैमा फुर्सद छैन ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाकोको बारेमा प्रवासमा रहेका नेपाली नेपालीले सामाजिक सन्जालमा गरेको टिप्पणी र प्रतिक्रिया कम रोचक छैन एक पार्टीको समर्थकले अर्को पार्टीप्रति गरेको सकरात्मक वा नकरात्माक प्रतिक्रिया र त्यसमाथिको सवाल जवाफ बिकाराल रुपमा देखिदै छ कतै यही कारण गम्भिर दुर्घटना नै निम्तिने पो हो कि यो सोचनिय बिषय छ ।
बिदेशमा रहेका तपाईं हामीले गरेका यस्तै यस्तै स-साना गल्तीले कतै बिदेशिको नजरबाट हाम्रो राष्ट्रियता खुम्चदै जाने त होइन सोच्नु पर्ने विषय बनेको छ । म बिदेश तपाईं बिदेश अनि तपाईंका थुप्रै आफन्त बिदेश तै पनि के का लागि नेपाली राजनीतिमा पक्ष बिपक्ष र आरोप प्रत्यारोप नबुझेको कुरा हो । नेपालमा निष्पक्ष तवरले राजनीति हुन्थ्यो भने नेपालीको आर्थिक सामाजिक हैसियत धेरै माथि भैसक्थ्यो । आगामी दिनमा सुशासन युक्त राजनीति भएमा मात्र नेपालको बिकास सहज हुनेछ यसका लागि नेपालमा रहेका जनता नै सजग हुनु अनिवार्य छ ।
प्रवासी नेपालीहरुले लगानी गर्ने र लगानिको सुरक्षा राजनीतिज्ञले गर्न सक्नु पर्छ भन्ने अहिलेको बहस हुनु पर्ने थियो । त्यसैले हामी प्रवासी नेपालीहरुले यो उ नभनी नेपालको बिकास र सम्वृदीमा लाग्नु पर्ने बेला आएको छ ।