Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैं – थाइल्याण्डमा हुने विश्व टी-२० एसिया क्षेत्र छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यिय टोलीमा सिताराना मगर उपकप्तान छिन् ।

टोलीका अन्य सदस्यहरुमा ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनौजिया, सवनम राइ, काजोल श्रेष्ठ र संगीता राई रहेका छन् ।  यस्तै बैकल्पिक सदस्यहरुमा कबिता कुवँर, नितु भण्डारी र रेखा रावल छन् ।

थाइल्याण्डमा आगामी मंसिर ४ देखि ११ गतेसम्म सन् २०१८ मा हुने महिला टि-२० विश्वकपका लागि एशियाली छनोट हुनेछ । प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित हङकङ, चीन, मलेसिया र युएई गरी ६ टिमको सहभागिता हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग खेल्नेछ भने दोस्रो खेल ५ गते हङकङसँग र तेस्रो खेल ७ गते युएईसँग खेल्नेछ । समूहको आफ्नो चौथो खेल नेपालले मंसिर ८ गते मलेसियासँग र अन्तिम खेल चीनसँग मंसिर १० गते खेल्नेछ ।

प्रतियोगिताको उपाधि बिजेता टोली आईसीसी महिला टि२० विश्वकपको ग्लोवल क्वालिफायरका लागि छनोट हुनेछ ।

टोली छनोट सदस्यमा आइसिसीका प्रतिनिधी इमुनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटा, महिला टोलीमा मुख्य प्रशिक्षक श्यामसन जंग थापा तथा कप्तान रुबिना क्षेत्री थिए ।

तपाईको प्रतिक्रिया