शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–द्धन्द्धकालिन मुद्धालाई ब्युझाएर शाान्ति सम्झौताको मर्म र भावना विपरित अपहरणशैलीमा गिरफ्तार गरिएका माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् बालकृष्ण ढुङ्गेललाई निसर्त रिहाईका लागि नेपाली जनप्रगतिशील मञ्च जापानले माग गरेको छ ।

मञ्चका प्रवक्ता जीवन क्षेत्रीद्धारा जारी गरिएको विज्ञप्तीमा गणतन्त्रको लागि लड्ने इमान्दार सिपाहीलाई पूर्वाग्रही ढंगले गिरफ्तार गरिनु निन्दनीय भएको उल्लेख गर्दै नेता ढुङ्गेललाई तत्काल रिहाइका लागि जोडदार माग गरिएको छ ।

द्धन्द्धकालिन मुद्धाहरु शान्ति सम्झौता बमोजिम समाधानको बाटो खोजिनुको सट्टा राजनैतिक प्रतिशोधका आधारमा द्धन्द्धकालिन मुद्धा ब्युझाउदै मुलुकलाई द्धन्द्धमा धक्ेल्ने प्रयास गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

निर्धारित समयमै निर्वाचन गराई मुलुकलाई समृद्धिको बाटोमा ल्यैजान सरकारसँग माग गर्दै विज्ञप्तीमा भनिएको छ –बामताल मेलबाट आत्तिएर देउवा सरकारको पराजित मानसिकताको उपज निर्वाचन भाड्नका लागि यसप्रकारको हर्कत गरेकोले गिरफ्तार ढुङ्गेललाई रिहाई र निर्वाचन सुनिश्चिचता गर्न अनुरोध समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया