शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं  – सुनचाँदीको भाउ बिहीबार बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन तोलाको ५५ हजार ५ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ नै बढेको हो ।

यस्तै बुधबार ५ रुपैयाँ घटेको चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया