शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो– लिबरल डेमोक्रेसी पार्टीका नेता सिन्जो आबे जापानको ९८ औं प्रधानमन्त्रीको रुपमा पुन निर्वाचित भएका छन् । निचार्चित भएसँगै अन्तराष्ट्रिय समुदायको सहयोगमा उत्तर कोरियामा दबाब बढाउदै जाने आफ्नो नीतिमा सबैलाई सहयोग गर्न आग्रह गरे ।
तीनमहिना अघि पुर्नगठित सरकारका सबै मन्त्रीहरुलाई दोहोर्याउने नीति लिएका आबेले बुधबार  १९ सदस्यीय मन्त्री परिषद् गठन पश्चात् आयोजित पत्रकार सम्मेलनमा निकट भविष्यमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन दिने भ्रमणका क्रममा अमेरिकी नेताहरुको ध्यान प्योंङयाङको परमाणु र मिसाइल खतराका विषयमा वार्ता केन्द्रीत गरिने जानकारी गराए ।
‘संवादको लागि संवाद अर्थहिन छ, हामीले उत्तर कोरियाले सृजना गरेको समस्याको समाधान गर्न संवादका लागि अधिकतम दबाब सृजना गर्नुपर्छ ।’ पत्रकार सम्मेलनमा आबेले भने जापान सरकार सबै विकल्पहरुलाई टेबुलमा राखेर उत्तर कोरियाका बारेमा सम्झौता गर्न अमेरिकालाई सहयोग गर्न तयार छ ।
आगामी पाँच वर्षका लागि पुन प्रधानमन्त्रीमा निर्वाचित आबेले भने – म चाहन्छु हामी प्रयाप्त मात्रामा समय लिएर उत्तर कोरियाको पछिल्ला जानकारीका बारेमा विश्लेषण गर्नेछौं । परमाणु, मिसाइल र अपहरणका मुद्धाका बारेमा छिटो परिणाम आउने गरि एक अर्कोको सहयोगका बारेमा छलफल केन्द्रीत हुनेछ ।
६३ वर्षिय आबेले आफुले आर्थिक नीतिमा परिवर्तन र संविधानको धारा ९ संशोधनमा बहस बढाउने मुख्य योजना रहेको समेत जानकारी गराएका थिए । जापानको न्युन जन्मदर र वृद्धहरुको संख्यामा भएको वृद्धिले आर्थिक क्षेत्रमा पार्ने असरलाई ध्यानमा राखेर आगामी महिनादेखि नै १७.५ विलियन डलरको प्याकेजमा नीति तथा कार्यक्रम ल्याउने जानकारी गराएका थिए । बालबालिकाको हेरचाह सहयोगका लागि नर्सिङ सुविधा सहितको कार्यक्रम यसै आर्थिक वर्षमा पुरक बजेटमार्फत ल्याउनका लागि निर्देशन समेत दिएका छन् । सन् २०१९ को अक्टोबरसम्ममा बालबालिकाको हेरचाह र शिक्षाका थप कार्यक्रम संचालनका लागि करको दरमा केही वृद्धि गर्नका लागि ताजा म्याण्डेड दिन आबेले चुनाबी अभियानको दौरानमा जनतालाई आग्रह गरेका थिए ।
बैंक अफ जापानको गर्भनरको आगामी अप्रिलमा सकिन लागेको पदावधीका बारेमा केही निर्णय नभएको जानकारी आबेले गराएका थिए । आर्थिक नीति परिवर्तनको लागि गर्भनरको भूमिका महत्वपूर्ण मानिन्छ ।
आबे सन् २०१२ मा प्रधानमन्त्री भएयता सबैभन्दा शक्तीशाली र लामो समयसम्म प्रधानमन्त्री हुनेमा तेस्रो नेताका रुपमा रहेका छन् ।
आफुले गर्ने हरेक निर्णयमा विपक्षीहरुलाई साथ र विश्वासमा लिएर कार्य गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् । कन्सीच्युसनल डेमोक्रेसी पार्टी जापानका सदस्य तादामोरी ओशीमा र हिरोताका आकामात्सुलाई सभामुख र उपसभामुखका रुपमा नियुक्ती गरिएको जानकारी समेत गराइएको छ ।
एलडिपी र कामोइतोको गठबन्धनले गत अक्टोबरमा भएको मध्यावधि निर्वाचनमा दुई तिहाई मत प्राप्त गरेका थिए । उनीहरुले संविधान संशोधन,आर्थिक नीति परिवर्तन र उत्तर कोरियाको समस्या समाधानका लागि जापानले लिने कडा नीतिका बारेमा निर्वाचनका बेला आफ्नो प्रतिबद्धता जनाएका थिए । आगामी १७ नोभेम्वरको संसदको बैठकमार्फत आबे सरकारले विषेश नीतिहरुको घोषणा हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया