Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – भारतले न्युजिल्याण्डसँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा जित निकालेको छ । दिल्लीको फिरोजशाह कोटला मैदान भएको खेलमा भारतले न्युजिल्याण्डलाई ५३ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेटको क्षतिमा एक सय ४९ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले २८, टम लाथनले ३९ तथा मिशेल स्टनरले नटआउट २७ रन बनाए ।

भारतका लागि युजवेन्द्र चहल र अक्षर पटेलले दुई दुई विकेट लिए । यस्तै भुवनेश्वर कुमार, जसप्रीत बुमराह र हार्दिक पाण्डेयले एक एक विकेट लिए । पहिले ब्याटिङ गरेको भारतका रोहित शर्मा र शिखर धवनले समान ८० रन बनाए ।

धवनले ५२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । रोहितले ५५ बलमा ६ चौका र चार छक्का प्रहार गरे । कप्तान विराट कोहलीले नटआउट २६ रन बनाए ।

तपाईको प्रतिक्रिया