Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको समूह ‘डी’ अन्तर्गतको खेलमा स्पेनिस ला लिगा लिडर बार्सिलोना ग्रिसको क्लब ओलम्पिआकोससँग गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा गोल गर्न नसकेको पछिल्लो पाँच वर्षमा यो पहिलोपटक हो ।

लुइस स्वारेजले गोल गर्ने सुन्दर मौका बनाएका थिए । तर उनको प्रहार क्रसबारमा लागेर फर्कियो । स्वारेजले यो सिजन च्याम्पियन्स लिगमा गोल गर्न सकेका छैनन् । यस्तै लियोनल मेस्सीले पनि गोल गर्ने प्रयास गरेका थिए तर सफल भने हुन सकेनन् ।

यो खेलमा जित निकालेको भए बार्सिलोना नकआउट चरणमा पुग्ने थियो । समूह ‘डी’ अन्तर्गत नै भएको खेलमा युभेन्टस स्पोर्टिङ लिस्बोनसँग १–१ को बराबरीमा रोकियो ।

लिस्बोनका लागि सेसर जानाकी तथा युभेन्टसका लागि गोन्जालो हेगुइनले गोल गरे । समूहको शीर्ष स्थानमा रहेको बार्सिलोनाको दुई खेल बाँकी हुँदा १० तथा युभेन्टसको सात अंक छ ।

बार्सिलोनालाई अन्तिम १६ मा स्थान बनाउनका लागि बाँकी दुई खेलबाट एक अंक मात्रै भए पुग्छ । बार्सिलोनाले लिस्बोन र युभेन्टससँग खेल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया