Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल, चेल्सी र लिभरपुल विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले स्वान्सी सिटीलाई २-१ ले हरायो । जितपछि १० खेलबाट १९ अंक जोडेको आर्सनल पाँचौं स्थानमा कायम छ । अर्को खेलमा चेल्सीले बोर्नमाउथलाई १-० ले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा चेल्सीका लागि ५१ औं मिनेटमा इडन हजार्डले विजयी गोल गरे ।

जितपछि १० खेलबाट १९ अंक भएको चेल्सी चौथो स्थानमा कायम राखेको छ । यस्तै राति नै भएको खेलमा लिभरपुलले हडल्र्सफिल्डलाई ३-० ले हरायो । जितपछि १० खेलबाट १६ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । राति नै भएको खेलमा स्टोक सिटीले वाट्फोर्डलाई १-० ले हरायो ।

क्रिष्टल प्यालेस र वेष्ट ह्यामले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाईको प्रतिक्रिया