Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैं – श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो ।

पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाए पनि श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तान र श्रीलंकाबिच अब एउटा ट्वेन्टी–ट्वेन्ती क्रिकेट हुन बाँकी छ । यसअघिको ट्वेन्टी–ट्वेन्टी र पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको छ ।

 

तपाईको प्रतिक्रिया