Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दै छ ।

हङकङमा हुन लागेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबार खेल्ने छ ।

१० खेलबाट ८ अंक बटुलेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । नेपालसँग खेल्न लागेको हङकङको भने ११ अंक छ । बिरामी परेका शरद भेषावकरले आज खेल्ने छैनन् । उनको ठाउँमा नरेश बुढाऐरलाई टिममा बोलाइएको छ ।

नेपाली क्रिकेट टिममा प्राविधिक विश्लेषक रमण शिवाकोटीका अनुसार बुढाऐर बिहान हङकङ पुगेका छन् । तर उनी आजको खेलमा मैदानमा छैनन् ।

तपाईको प्रतिक्रिया