बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ र त्यसका लागि भवन भट्ट, जमुना घले र टिबी कार्की आकांक्षीका रुपमा देखिएका छन् । यसैबीच, समुद्रपारि विशेषमा आकांक्षी मध्येका एक भट्टसँग हामीले केही जिज्ञासा राखेका छौं । मुख्य चार चुनावी एजेन्डामा रहनुभएका उहाँले आफूले नेतृत्व लिएमा एनआरएन दोस्रो युगमा प्रवेश गर्ने भन्दै स्मार्ट एनआरएन निर्माण गर्ने, नेपालमा लगानीका लागि सहज वातावरण बनाउने र एनआरएन एकेडेमी स्थापना गर्ने बताउनुभएको छ । एनआरएनको १५ वर्षे इतिहास र आकांक्षी भट्टको प्रतिबद्धता सञ्चारकर्मी शिव श्रेष्ठसँग समुद्रपारि विशेषमा ।

तपाईको प्रतिक्रिया