Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसिया कप फुटबल छनौटको आफ्नो चौथो खेलमा  ताजकिस्तानसँग  पराजित भएपछी एशिया कप  खेल्न नेपाललाइ कठीन भएकाे छ ।  मंगलबार भएकाे अवे खेलमा नेपाल ताजकिस्तानसँग  ३–०  पराजित भएको हाे । ताजकिस्तानले तीनै गाेल पेनाल्टीमा गरेकाे थियाे ।

२० अाै मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीले हेण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि ताजकिस्तान नेपालमाथि हाबी भएको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा ताजकिस्तानले दोस्रो गोल गरेको थियो ।

त्यस्तै खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो ।  ताजकिस्तानसँग पराजित भएसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिएको छ ।

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । अब नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।

तपाईको प्रतिक्रिया