Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – नेदरल्याण्डसका कप्तान आर्जेन रोबिनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि नेदरल्याण्डस छनौट हुन सकेन ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराए पनि नेदरल्याण्डसले प्ले–अफमा स्थान बनाउन सकेन । दुवै गोल रोबिनले गरेका हुन् ।

तीनपटकको उपविजेता तथा अघिल्लो विश्वकपमा तेस्रो भएको नेदरल्याण्डसका लागि प्ले–अफमा स्थान बनाका लागि सात गोल अन्तरको जित आवश्यक थियो ।

यो खेल सकिएसँग रोबिनले सन्यासको घोषणा गरेका हुन् । उनले सन्यासको निर्णय सहज नरहेको तर अब आफूले क्लब फुटबलमा नै आफ्नो पूर्ण ध्यान लगाउने बताएका छन् ।

३३ वर्षका रोबिन जर्मन क्लब बार्यन म्युनिखबाट खेल्छन् । सन् २००३ को अप्रिलमा राष्ट्रिय टिममा डेब्यु गरेका रोबिनले ९६ क्याप्समा ३७ गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया