Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो-जापानको टोकियोमा नेपालीहरुको लगानीमा नेपाली बालबालिकाहरुलाई लक्षित गरी संचालनमा रहेको एभरेष्ट इन्टरनेशनल स्कूल जापानको पांचौं वार्षिक खेलकुद दिवस शनिबार सम्पन्न भएको छ ।
स्कूलमा अध्ययनरत करिब १८० जना विद्यार्थी र उनीहरुका अभिभावकहरुको सहभागिताका साथ सो दिवस सम्पन्न भएको हो । शिक्षा र स्वास्थ्यमा खेलकुदको अपरिहार्यता भन्ने मूल नाराका साथ सम्पन्न सो खेलकुद दिवस टोकियोको आसागाया स्थित प्राथमिक विद्यालयको कवर्ड हलमा आयोजना गरिएको थियो । स्कुलले वार्षिक रुपमा आयोजना गर्ने महत्वपूर्ण कार्यक्रम मध्ये यो पनि एक हो ।
खेलकुद कार्यक्रम पूर्व प्राथमिक र प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई छुट्टाछुट्टै तालिका बनाएर सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल र जापानमा खेलिने विभिन्न खेलकुदहरुलाई समावेस गरिएको थियो ।प्राथमिक स्तरका विद्यार्थीहरुलाई रातो, नीलो, हरियो र पहेंलो गरी चार समुहमा विभाजन गरी खेलकुदमा प्रतिस्पर्धा गराईएको थियो । जसमा बढी अंक सहित पहेंलो समुहले प्रथम स्थान हासिल गरेको थियो ।
विजेता तथा सहभागी विद्यार्थीहरुलाई स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले विजयी सहभागीहरुलाई कप तथा पदक वितरण गर्नुभएको थियो ।

कार्यक्रममा सुगिनामी सिटी काउन्सिलर फ़ुजिओ वातानाबे, विद्यालय ब्यवस्थापन समितिका सदस्य विशेश्वर रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिभावकहरु बिचको डोरी तान्ने खेलको प्रतिस्पर्धाले मनोरन्जन दिएको थियो ।
सो खेलकुद दिवसको समापन गर्दै अध्यक्ष डा. श्रेष्ठले कार्यक्रम सफ़लताको लागि सहयोग गर्नुहुने अभिभावक, भोलेन्टियर, शिक्षक (शिक्षिका लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नु भएको थियो भने स्कुलका प्रिन्सिपल प्रदीप थापाले आफ़्ना बालबच्चाहरुलाई फ़ुर्सदको समयमा कुनै न कुनै खेलकुदमा सहभागी गराउनुहुन अभिभावकहरुलाई आग्रह गर्नु भएको थियो ।
स्मरण रहोस, एभरेष्ट इन्टरनेशनल स्कुल जापानमा हाल कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको अध्यापन गराईन्छ भने आगामी शैक्षिक सत्रदेखि कक्षा ८ पनि संचालन गरिने स्कुल विद्यालय व्यवस्थापनले जनाएको छ ।

तपाईको प्रतिक्रिया