Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – आइसल्याण्ड आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ मा रहेको आइसल्याण्डले छनौट चरणको अन्तिम खेलमा सोमबार राति कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो ।

आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनौट भएको हो । यो सँगै आइसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश हो । आइसल्याण्डले युरोकप २०१६ को क्वाटरफाइनलमा पुगेको आइसल्याण्डले त्यसबेला अन्तिम १६ को खेलमा इंग्ल्याण्डलाई हराएको थियो ।

आइसल्याण्डको जनसंख्या झण्डै तीन लाख ३५ हजार मात्रै छ । विश्वकपमा छनौट हुने सबैभन्दा कम जनसंख्या भएको देश पनि आइसल्याण्ड नै बनेको छ ।

१० लाख भन्दा कम जनसंख्या भएको देश जो विश्वकपमा छनौट भएको छ, त्यो आइसल्याण्ड मात्रै हो । आइसल्याण्डको जितमा ४० औं मिनेटमा गिल्फी सिगडरसन  ६८ औं मिनेटमा योहान गुडमन्डसनले गोल गरे ।

आइसल्याण्डले छनौट चरणका १० मध्ये ७ खेल जितेको छ । यस्तै समूह ‘आई’ अन्तर्गत राति नै भएको खेलमा युक्रेनलाई २–० ले हराएको क्रोएसियाले प्ले–अफमा स्थान बनाएको छ । अर्को खेलमा टर्की र फिनल्याण्डले २–२ को बराबरी खेले ।

 

तपाईको प्रतिक्रिया