Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – स्पेन आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । विश्वकपका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियालाई ३–० ले हराउँदै समूह ‘जी’ को शीर्ष स्थानमा रहेको स्पनेले रुस विश्वकपका लागि स्थान पक्का गरेको हो ।

स्पनेको जितमा रोड्रिगो, इस्को र थिएगो एल्कान्ताराले गोल गरे । स्पेनले तीनै गोल पहिलो हाफमा गरेको हो । १६ औं मिनेटमा राड्रिगोले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २३ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे भने २६ औं मिनेटमा थिएगोले गोल गरेपछि स्पेनले ३–० को अग्रता लियो ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र स्पेन विजयी भयो । समूह ‘जी’ अन्तर्गत राति नै भएको देलमा मेसेडोनियासँग १–१ को बराबरीमा रोकिएको इटालीले भने विश्वकपमा स्थान बनाउनका लागि प्ले–अफ खेल्नु पर्ने भएको छ ।

अर्को खेलमा इजरायलले लिचेस्टाइनलाई १–० ले हरायो । स्पेनको एक खेल बाँकी हुँदा २५ अंक भएको छ । दोस्रो स्थानमा रहेको इटालीको २० अंक छ ।

तपाईको प्रतिक्रिया