Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसिया कप छनौट फुटवल खेल्न नेपाली टोली ताजकिस्तान प्रस्थान गरेको छ ।

टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा एक कार्यक्रम गरी विदाई गरेको थियो । नेपालले आउँदो मंगलबार ताजकिस्तानसँग उसैको मैदानमा खेल्नेछ ।

नेपाल एक महिनाअघि काठमाडौंमा भएको खेलमा ताजकिस्तानसँग पराजित भएको थियो । छनौटको समूह एफमा रहेको नेपाल ३ खेलबाट १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ ।

यमनको ५ र ताजकिस्तानको ३ अंक छ । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एसिया कप फुटबल खेल्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया