Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – सन् २०३० को विश्वकप फुटबल आयोजनाका लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा प्रस्ताव पेश गरेका छन् । तीन दक्षिण अमेरिकी देश अर्जेन्टिना, उरुग्वे र पाराग्वेका राष्ट्रपतिले बुधबार विश्वकप फुटबल २०३० संयुक्त रुपमा आयोजनका लागि विश्व फुटबलको प्रशासकीय निकायमा दाबेदारी पेश गर्ने घोषणा गरेका हुन् ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा रहेको राष्ट्रपति भवनबाट तीन देशले दाबेदारी प्रस्तुत गर्ने घोषणा गरेका हुन् । सन् २०३० को विश्वकप आयोजनका लागि फिफाले कम्तिमा अझै चार महिना दाबेदारी खुल्ला गर्दैन । तर विभिन्न देशले त्यसका लागि तयारी भने सुरु गरिसकेका छन् ।

सन् २०३० को विश्वकप ऐतिहासिक छ, यो अर्थमा कि त्यसबेला विश्वकप फुटबल सुरु भएको एक सय वर्ष पुग्ने छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल पहिलो विश्वकप थियो ।

सन् २०२६ को विश्वकप फुटबलको आयोजनाको जिम्मा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा पाउने सम्भावना छ । सन् २०२६ को विश्वकपदेखि ३२ टिमको सट्टा कुल ४८ टिमले प्रतिस्पर्धा गर्ने सम्भावना छ । सन् २०१८ को विश्वकप रुपमा तथा २०२२ को कतारमा हुने पक्का भइसकेको छ ।

तपाईको प्रतिक्रिया