Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एएफसी एसियन कप छनोट अन्र्तगत ताजकिस्तानविरुद्धको खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक ग्यातुकी कोजीले गोलकिपर विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामालाई बाहिर राख्दै एलेन न्यौपाने र राजेन्द्र रावललाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् । मुख्य प्रशिक्षक कोजीले छनोट गरेको टोलीमा तीन गोलकिपर, सात डिफेन्डर, आठ मिडफिल्डर र चार फरवार्ड समावेश छन् ।

गोलकिपरमा किरणकुमार लिम्बु, विकेश कुथु र एलेन न्यौपानेले स्थान बनाउँदा डिफेन्डरतर्फ विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की र दिनेश राजवंशी अटाएका छन् । त्यस्तै मिडफिल्डमा विशाल राई, हेमन गुरुङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल, बिक्रम लामा, रोहित चन्द र सुनिल बलले स्थान बनाएका छन् ।

फरवार्डमा भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्ति मगर र जर्ज प्रिन्स कार्की अटाएका छन् । नेपाली टोलीले समुह चरणको दोस्रो लेगको खेलमा आगामी मंगलबार ताजकिस्तानसंग उसकै घरेलु मैदानमा खेल्दैछ ।

समुह एफ अन्र्तगत सूरुवाती तीन खेलबाट मात्र एक अंक जोडेको नेपाल पहिलो लेगको खेलमा फिलिपिन्ससंग ४-१ र दोस्रोमा ताजकिस्तानसंग २-१ ले पराजित भएको थियो । घरेलु मैदानमा यमनसंग गोल रहित बराबरी खेल्दै नेपालले एक अंक बाँडेको थियो ।

तपाईको प्रतिक्रिया