Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – मंगोलियाको उलानबटारमा आयोजना हुने ९ औं विश्व शारिरीक सुगठन एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

तियोगितामा सहभागी हुने ६ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी.ले आज बिदाई गर्नुभयो । असोज २३ गते सम्म हुने च्याम्पियनसिपमा रुजेश शाही, ननिता महर्जन र कमल भण्डारीले नेपालको प्रतिनिधित्व गर्दैछन् ।

थाईल्याण्डको बैङ्गककमा सन् २०१५ मा सातौंं विश्व बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस्मा रजत पदक जितेका रुजेशले ६० केजी तौलमा सहभागिता जनाउने छन् । आठौं संस्करणमा फिजिक तर्फ पहिलो पटक कास्य पदक र शारिरीक सुगठनमा अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो महिला खेलाडी हुने सौभाग्य प्राप्त गरेकी ननिता महर्जनले १ सय ६५ से. मी. एथलेटिक्स फिजिकमा सहभागिता जनाउने छिन् ।

५५ केजी तौलमा भिड्न लागेका कमल भण्डारी दक्षिण कोरियाको सोउलमा भएको ५१ औ एशियाली शारिरीक सुगठन प्रतियोगिताका कास्य विजेता हुन् । नेपाली टोलीको नेतृत्व नेपाल शारिरीक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले गर्नेछन् ।

यस्तै निर्णायकमा संघका सदस्य इश्वरमान श्रेष्ठ र अफिसियलमा रुदन बज्राचार्य छन् । टोली आजै मंगोलिया प्रस्थान गर्दैछ ।

तपाईको प्रतिक्रिया