Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इंग्लीश प्रिमियर लिग अन्र्तगत गएराती भएको खेलमा शिर्ष २ स्थानका म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाइडेटले जीत हात पारेका छन् ।

अंक तालिकाको पहिलो स्थानमा रहेको म्यान्चेष्टर सिटीले चेल्सीलाई १ शुन्यले हराउँदै महत्वपुर्ण ३ अंक बटुल्यो । सिटीको जितमा केभिन डे ब्रायनले गोल गरे ।

त्यस्तै म्यान्चेष्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ४ शुन्यले हरायो । म्यान यू को जितमा रामेलु लुकालुले २ तथा जुआन माटा र मारोन फेलिनीले एक एक गोल गरे । यो खेलसंगै दुवै म्यान्चेष्टरले ७ खेलबाट समान १९ अंक जोडेका छन् ।

अरु खेलमा टोटनह्यामले हडर्सफिल्डलाई ४–० लेस्टोकले साउथह्याम्प्टनलाई २÷१ ले र वेष्टह्यामले स्वान्सीलाई १ शुन्यले हरायो । वेष्टब्रोम र वार्टफोडले २÷२ तथा बर्नमाउथ र लेस्टर सिटीले गोलरहित बराबरी खेले ।

तपाईको प्रतिक्रिया