Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – वेष्टइण्डिजसंगको एकदिवसीय क्रिकेट श्रीङ्खला इग्ल्याण्डले जितेको छ । पाँचौ एकदिवसीय खेल गएराती ९ विकटले जित्दै इग्ल्याण्डले श्रीङ्खला ४ शुन्यले आफ्नो पक्षमा पारेको हो ।

२ सय ८९ रनको लक्ष्य इग्ल्याण्डले ३८ ओभरमा १ विकेट गुमाएर भेट्टायो । इग्ल्याण्डको जितमा जोनी ब्रिष्टोले नटआउट १ सय ४४ र जोय रुटले नटआउट ९६ रन बनाए । ज्यासन रोय ९६ रनमा आउट भए । उनले ७० बलमा ११ चौका र १ छक्का प्रहार गरेपनि शतक बनाउन भने ४ रनले चुके ।

त्यस्तै १ सय १४ बलमा नटआउट १ सय ४४ रन बनाउने क्रममा ब्रिष्टोले १७ छक्का प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो । उसका लागि सै होपले ७२ र क्रिस गेलले ४० रन बनाए ।

तपाईको प्रतिक्रिया