Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवलको उपाधी जितेको नेपाली टीम अाज स्वदेश फर्किएको छ ।

टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, सिइओ इन्द्रमान तुलाधरलगायत त्रिभुवन विमानस्थल पुगेका थिए । विमानस्थलका पत्रकारसँग कुरा गर्दै नेपाली टोलीका कप्तान अर्पण कार्कीले दसैँमा भारतलाई हराएर नेपालीलाई फुटवल उपाधीको उपहार दिन पाउदा खुशी लागेको बताए ।

‘दसैँको मुखमा भारतलाई हराएर ट्रफी उपहार दिन सकेका छौं निकै खुशी लागेको छ, विमानस्थलमा नेपाली टोलीका कप्तान अर्पणले भने, ‘हामीलाई अफै सपोर्ट गर्दै जानुहोला यस्ता ट्रफी धेरै नै ल्याउने छौं ।’ प्राविधिक त्रुटीका कारण भुटानसँगको खेल हारे पनि त्यसपछि भने नेपाल आत्मविश्वास बलियो बनाएर खेलेकाले उपाधी जितेको कप्तान अपर्णले बताए ।

टिमवर्क र खेलाडीबिचको बलियो समन्वय एकनासको भएकाले उपाधी जित्न सहज भएको उनले बताए । १८ वर्षमुनीको टिमका प्रशिक्षक छिरिङ लोप्साङले अरु टिमलाई भन्दा भारतलाई हराउँदा नेपाललाई छुट्टैै आनन्द लाग्ने भन्दै यो जितले नेपाली फुटवल बलियो हुँदै गएको संकेत दिएको बताए ।

मनाङ मस्र्याङ्दी क्वललाई सफलतामा पुर्‍याएपछि पहिलोपटक राष्ट्रिय टोलीलाई सम्हाल्ने मौका पाएको तर पहिलो पटक नै उपाधी ल्याउन पाउँदा आफू निकै हर्षित भएको लोप्साङको भनाई छ ।

भुटानसँगको खेलमा अधिकांश समय नेपालले नै बल खेलाउने मौका पाए पनि गोल हुन नसकेको बताउँदै लोप्साङले भुटानपछिका अन्य खेलमा त्यहाँको मौसमसँग पनि भिज्दै गएको र टिमवर्क बलियो बनाएकाले उपाधी जितेको बताए ।

अन्तिम खेलमा बुधबार भारतलाई २-० ले हराएर नेपालले उपाधि जितेको हो । भुटानको थिम्पुमा भएको खेलमा नेपाललाई जिताउन दुवै गोल दिनेश हेम्जनले गरेका थिए ।

तपाईको प्रतिक्रिया