Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राती म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

इङ्लिस क्लब म्यान्चेस्टर सिटीले युक्रेनको शख्तरलाई २-० ले हराउँदा अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपरले साईप्रसको अपोईल निकोसियालाई ३-० ले पाखा लगायो ।

लिभरपुलले भने रुसको स्पार्टा मस्कोसँग १-१ गोलको बराबरीमा चित्त बुझायो । युएफा च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनिस क्लब रियाल मड्रिडले जर्मनीको बोरुसिया बर्डमण्डलाई उसैको मैदानमा ३-१ ले हरायो ।

अर्को स्पेनिस टोली सेभियाले स्लोभेनियाको मारिबोरलाई ३-० ले पराजित गर्‍यो ।

यसैगरी ईटालीको नापोलीले नेदरल्याण्ड्सको फेयनुर्डलाई ३-१ ले हराउँदा टर्कीको बेसिक्टासले जर्मनीको आर.बी. लेप्जीगलाई २-० ले तथा पोर्चुगलको एफ.सी पोर्टोले फ्रान्सको मोनाकोलाई उसैको मैदानमा ३-० ले पाखा लगायो ।

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समुह ए देखि डि सम्मका ८ खेल आज राती हुनेछन् ।

तपाईको प्रतिक्रिया