Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो ।

आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे । २० औं मिनेटमा एलेक्स सान्चेजले प्रहार गरेको फ्रि किक बल क्रसबारमा लागेर फर्किएपछि लाकाजेटले त्यसलाई गोलमा परिणत गरेका हुन् ।

पहिलो हाफमा १–० को अग्रता लिएको आर्सनलका लागि ६७ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा लाकाजेटले गोल गर्दै अग्रता दोब्बर पारे । आर्सनलले पहिलो गोल गर्नुअघि वेष्ट ब्रोमले पेनाल्टी पाउने जस्तो देखिएको थियो । शकोड्रान मुस्ताफीले जय रोड्रिग्वेजले लडाएका थिए ।

 तर रेफ्री बबी म्याड्लीले त्यसलाई फउल दिएनन् । जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ । ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया