Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – भुटानमा जारी यु-१८ साफ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि यात्रालाई निरन्तरता दिनका लागि आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपालले आज राति ७ बजेर १५ मिनेटमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेश जारी प्रतियोगितामा निकै बलियो टोलीको रुपमा देखा परेको छ । बंगलादेश २ खेलबाट शतप्रतिशत नजिता निकाल्दै शीर्ष स्थानमा छ ।

बंगलादेशले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतलाई ४–३ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा भने प्रतियोगिताकै निकै कमजोर देखिएको माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गर्दै ६ अंक बनाएको छ । नेपाल भने आफ्नो पहिलो खेलमा नै भुटानसँग १-० गोलअन्तरले पराजित भएको थियो । नेपालमाथि जित हात पार्दै भुटानले भने इतिहास रच्न सफल भएको थियो ।

दोस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई २-० गोलअन्तरले पराजित गरेको हो । नेपालको २ खेलबाट खेलमा जित र एकमा हारसहित ३ अंकको साथमा प्रतियोगिताको चौथो स्थानमा छ । प्रतियोगिताको दोस्रो स्थानमा भने भुटान रहेको छ । भुटानले ३ खेलबाट २ खेलमा जित र एकमा हार ब्यहोर्दै ६ अंकको साथ दोस्रो स्थानमा छ ।

भुटानले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । त्यस्तै, तेस्रो खेलमा भने भारतसँग ३-० गोलअन्तरले पराजित भएको थियो । प्रतियोगिताको तेस्रो स्थानमा भने भारत रहेको छ भने अन्तिममा माल्दिभ्स छ । राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले अन्तिम खेल भारतसँग २७ सेप्टेम्बरमा खेल्दैछ ।

तपाईको प्रतिक्रिया