Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा यो सिजन विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३–० ले हरायो ।

बार्सिलोनाको यो लगातार छैटौं जित हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे ।

दुई गोल भने बार्सिलोनाले उपहारको रुपमा पायो । १७ औं मिनेटमा गिरोनाका एडे बेनिटेजले आत्मघाती गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

४८ औं मिनेटमा पनि गिरोनाले आफ्नै पोस्टमा गोल गर्‍यो । गोर्का इराइजाजले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो ।

६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । समान खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया