Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले २५ सदस्यीय प्रारम्भिक टोलीबाट गएको भदौ २१ गते १८ सदस्य छनौट गरेको थियो ।

आज १८ सदस्यबाट अन्तिम १४ सदस्यको नाम सार्वजनिक गरिएको हो । गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट भदौ २१ गते १८ सदस्य छानिएको थियो ।

केही समयदेखि पायल्सको समस्याबाट पीडित शक्ति गौचन स्वास्थ्यकै कारण टिममा छैनन् ।

को को परे टोलीमा ?

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावाकर
  • सुशील कँडेल
  • ललिट सिंह भण्डारी
  • सन्दिप लामिछाने
  • आरिफ शेख
  • सुशन भारी
  • सागर पुन
  • दिपेन्द्र सिंह ऐरी
  • बसन्त रेग्मी
  • करण केसी
  • विनोद भण्डारी
  • सोमपाल कामी

वैकल्पिक चार खेलाडी

  • जितेन्द्र कुमार मुखिया
  • नरेश बुढायर
  • महबुब आलम
  • कुशल भुर्तेल

प्रारम्भिक टोलीबाट बाहिरिएका खेलाडी

  • शक्ति गौचन
  • अविनाश कर्ण
  • बिक्रम सोब
  • सौरभ खनाल
  • सुनिल धमला
  • हासिम अन्सारी
  • दिलिप नाथ
तपाईको प्रतिक्रिया