Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं, असोज १ – यु १९ एसिया कप छनौटको फाइनल खेलमा ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको जित हासिल गरेको छ । नेपालले १४ ओभर ४ बलमा पाँच विकेट गुमाई ७९ रन बनायो ।

नेपालका लागि प्रनित थापा मगरले दुई छक्कासहित नटआउट १९ रन, सन्दिप सुनारले १९, अनिल कुमार साशले १६, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । हङकङका लागि हरप्रतीत सिंहले ३ विकेट र जाथवेदले २ विकेट लिए ।

यसअघि टस हारेर हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै ७६ रन बनाएको हो ।

हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ ।

तपाईको प्रतिक्रिया