Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि अनिल कुमार साहले हङकङका वकास खानलाई आउट गर्दै अाफ्नाे लागि दोस्रो विकेट लिएका छन् ।

शहाब आलमले हरप्रीत सिंहलाई ६ रनमै आउट गर्दै पेभेलियन फर्काएका छन् । पहिलो ओभरमै नेपालका लागि अनिल कुमार शाहले हङकङका राग कपुरको विकेट लिएका थिए ।

मलेसियाको किन्ररा ओभल मैदानमा भैरहेको खेलमा १४ ओभरको समाप्तीमा हङकङले ३ विकेट गुमाई ४६ रन बनाएको छ । आजको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ ।

तपाईको प्रतिक्रिया